तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले आजको प्रदेश सभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । 

प्रस्तुत नीति तथा कार्यक्रममा रु २५ लाख भन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने नीति लिएको उल्लेख छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका क्षेत्रलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ । यसैगरी सुशासन प्रवर्द्धनमा मुख्य जोड दिइएको छ । 

प्रस्तुत नीति तथा कार्यक्रममा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम, द्वारिका देवी ठकुरानी महिला उद्यमशीलता कार्यक्रम, दशरथ चन्द सीपमूलक एवं क्षमता अभिवृद्धि कार्यक्रम, मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, समृद्धिका लागि स्वस्थ नागरिक, स्वास्थ्यमा प्रविधि समृद्धिमा गति, वादी उत्थान छात्रवृत्ति कार्यक्रम, मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्ति, जलवायुमैत्री नमुना गाउँ कार्यक्रम, सचेत युवा सुरक्षित भविष्य, सुशासन र समृद्धिका लागि डिजिटल प्रदेश लगायतका योजनालाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button