प्रतिनिधिसभा बैठक : राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता भएका दुई विधेयक टेबुल
काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता भएका दुई विधेयक टेबुल भएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको अनुमतिमा सभाका सचिव प्रकाश अधिकारीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ जानकारी र टेबुल गर्नुभएको हो ।
ती विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएकामा सन्देशसहित फिर्ता आएका हुन् ।
प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि फेरि बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्