तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी उपविदेशमन्त्री रोजर्स नेपाल भ्रमणमा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आउनुभएको छ ।

भ्रमणका क्रममा उहाँले काठमाडौँमा आयोजित ‘एसेन्ट समिट २०२६’मा मुख्य मन्तव्य प्रस्तुत गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै, उहाँले नेपाल सरकारका उच्च अधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका सदस्य र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व–सहभागीसँग भेटघाट गर्नुहुने कार्यसूची रहेको दूतावासले जनाएको छ ।

सोही अवसरमा उपविदेशमन्त्री रोजर्सले खुला समाज र आर्थिक समृद्धिको आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रतासम्बन्धी विषयमा सम्बोधन गर्ने जनाइएको छ । 

भ्रमणका क्रममा उहाँले ऐतिहासिक पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषअन्तर्गतका सातवटा सम्पदास्थलको भ्रमण गर्नुहुनेछ । 

यस भ्रमणले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा अमेरिकाको सहयोग, नेपाली जनजीवन, धार्मिक परम्परा र पर्यटन अर्थतन्त्रको केन्द्रमा रहेका यस्ता स्थलको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्धतालाई थप बल पुग्ने बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button