स्वर्गीय पत्रकार सेनको २४ औँ स्मृति दिवस : पर्साका २ पत्रकार सम्मानित
वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्सा शाखाको आयोजनामा आज वीरगन्जमा स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको २४ औँ स्मृति दिवसमा आयोजित पुरस्कार वितरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष कमल गिरीले स्वर्गीय पत्रकार कृष्ण सेनले लोकतन्त्र र गणतन्त्रका लागि दिएको बलिदानी चिरकाल सम्म अविस्मरणीय रहने बताउनुभयो ।
लोकतन्त्र र गणतन्त्र बिना प्रेस स्वतन्त्रता हुन नसक्ने बताउँदै उहाँले पर्सा शाखाले स्वर्गीय सेनको स्मृतिमा पुरस्कार स्थापना गरेर वार्षिक रुपमा सञ्चारकर्मीहरूलाई सम्मानित गर्नु महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ ओकरावका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले राज्यले लोक कल्याणकारी विज्ञापन बिना विभेद सबैलाई उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रिय लेखा समिति संयोजक केसी लामिछाने, महासङ्घका मधेस प्रदेश अध्यक्ष श्याम बन्जरा, पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश खनाल लगायतका वक्ताहरूले पत्रकारिताको स्वरूप बदलिँदो अवस्थामा रहेको र डिजिटल प्लेट फर्ममा अबको पत्रकारिता रूपान्तरण भएको हुँदा हिजो कागजमा समाचार लेख्ने पत्रकार अब ए आइसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।
त्यस अवसरमा अध्यक्ष गिरीले २१ हजार नगद राशिको कृष्ण सेन क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार निरज पिठाकोटे र २१ हजार राशिकै क्रियाशील युवा पत्रकारिता पुरस्कार बलिराम यादवलाई प्रदान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्