बैतडीमा एक पुरुष मृत फेला
बैतडी। बैतडीमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं ५ सल्याडीका अन्दाजी ५५ वर्षीय हरिश साउँद मृत फेला परेका हुन् ।
३ दिन पहिले घरबाट हिँडेका साउँद बिहीबार साँझ ७ बजे पुर्चाैडी नगरपालिका–८ सिमराड भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मानसिक अवस्था कमजोर रहेका साउँद घरबाट एक्कासी गएका र बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्