तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई अध्यादेश फिर्ता गर्न विपक्षी दलहरूको आग्रह

काठमाडौँ। विपक्षी दलहरूले सरकारलाई अध्यादेश फिर्ता गर्न आग्रह गरेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा आज बसेको विपक्षी दलहरूको बैठकले सरकारले ल्याउन लागेको अध्यादेश फिर्ता गरी तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक बासना थापाले जानकारी दिनुभयो । 

बैठकले सरकारले संसद् छलेर ल्याएको अध्यादेश अविलम्ब फिर्ता लिन र तत्काल संसद् अधिवेशन आव्हान गर्न पनि माग गरेको छ ।

यसैगरीे सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको अध्यादेश स्वीकृत नगर्न पनि बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ ।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।

सरकारले हिजो संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button