पहिलो पटक रुकुम पश्चिम–पोखरा रुटमा तारा एयरको उडान सुरु
रुकुम पश्चिम। रुकुम पश्चिम देखि पोखरा सम्म सिधा हवाई उडान शुरु भएको छ ।

पर्यटकीय नगरी कास्की पोखरा र रुकुम पश्चिम सल्लेलाई जोड्ने उद्देश्य सहित अघिल्लो साताबाट हवाई उडान सुरु भएको हो ।
जस अनुसार प्रत्येक शुक्रबार पोखराबाट रुकुम सल्लेमा उडान हुनेछ भने शनिबार रुकुमबाट पोखरा उडान हुने तारा एयरका रुकुम पश्चिम प्रतिनिधि लालवीर बोहराले जानकारी दिनुभयो ।
यो उडानले रुकुमबाट पोखरा हुँदै काठमाडौँ जान र पोखराबाट रुकुम आउन सहज हुने छ । यसअघि तारा एयरले नेपालगन्ज–रुकुम पश्चिम उडान भरिरहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्