तपाईँ सुन्दै हुनुहुन्छः

एसइईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको शुक्रबार साँझ बसेको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बोर्डका डा‍‍.महाश्रम शर्माले जानकारी दिनुभयो ।

बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

त्यस्तै, ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २.० देखि २.४ जिपिए ल्याउने ४ हजार १२६ जना, र १.६ देखि २.० जिपिए ल्याउने ८ जना मात्र रहेको बोर्डले जनाएको छ ।

यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुस् नतिजा:

प्रतिक्रिया राख्नुहोस्

Back to top button