तपाईँ सुन्दै हुनुहुन्छः

रोङ गाउँपालिकाका ७२ घर परिवारले पाए जग्गाधनी लालपुर्जा 

इलाम । इलाम रोङ गाउँपालिकाका ७२ घर परिवारले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन् । 

वर्षैदेखि बसोबास गर्दै आएका तर जग्गा धनी लालपुर्जा नपाएका भूमिहीन अव्यवस्थित बसोबास गरिरहेका इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका ७२ अव्यवस्थित बसोवासीवालाको खुसीको सिमानै छैन । लालपुर्जा पाएपछि त्यस क्षेत्रका स्थानीयवासी निक्कै हर्षित भएका हुन । लालपुर्जा पाएपछि स्थानीय दिलबहादुर सुब्बाको हर्षको सिमानै छैन । 

भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको  हो । भूमि समस्या समाधान आयोग इलामका अध्यक्ष प्रकाश अधिकारीले  रोङ गाउँपालिकासँग समन्वय गरेर भूमिहीनलाई लालपुर्जा वितरण गरेको र यो कार्य जिल्लाका अरू पालिकामा पनि चाँडै गर्ने बताउनुभयो । 

रोङ गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका मध्ये हालसम्म  एक सय ५० जनाको निर्णय भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । 

पहिलो चरणमा ७२ जनालाई जग्गा धनी लालपुर्जा दिइएको र  बाँकी ७८ जनाको पनि क्रमिक रुपमा नियम अनुसार नै लालपुर्जा वितरण गरिने र असार  मसान्तसम्म  जिल्लाका करिब सात सय जनालाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको  अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button