मधेश प्रदेश सरकारद्वारा वैशाख २ गते शिरुवा पर्वमा बिदा
जनकपुरधाम । मधेश प्रदेश सरकारले वैशाख २ गते मङ्गलवार सिरुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका शाखा अधिकृत दिवेन्द्र कुमार यादवले आज सार्वजनिक बिदा सम्बन्धि सूचना जारी गरेर सो कुरा जनाउनु भएको हो ।
वैशाख १ गते नयाँ वर्षको बिदा भएको वेलामा २ गते पनि मधेश प्रदेशमा बिदा भएको छ । मधेश प्रदेशका जिल्लाहरूमा बसोबास गर्ने थारु समुदायले शिरुवा पर्व मनाउने गरेको छ भने मधेसी मैथिल समुदायले यसैलाई जूड शीतल पर्वको रुपमा मनाउने गरेको छ ।
जूड शीतल वा शिरुवा पर्वमा ठूला वडाले घरका हरेक सदस्यको टाउकोमा बासी पानी थप थपाएर आशीर्वाद दिने गरेका हुन्छन् भने नयाँ वर्षमा बनाइएका तरुवा, कडी, वडी सहितका परिकारहरू बनाएर खाने र त्यस मध्येकै केही चोखो परिकार निकालेर जूड शीतलमा प्रयोग गर्ने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्