तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटमा आज साँझ बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक केदारमान दोङका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित डिएमगेटको भित्री सडकको घुमाउरो मोडमा आज साँझ बोलेरो गाडीको ठक्करबाट सप्तरी जिल्ला घर भई उदयपुर सदरमुकाम गाईघाट भाडा गरि बस्दै आएका ललन दासकी छोरी १४ वर्षीया छोरी अनुकुमारी दास र १२ वर्षीया छोरी देवकुमारी दासको मृत्यु भएको हो ।

सडक पेटीमा बसिरहेका दुवै दिदीबहिनीलाई गाईघाटमा रहेको हिमशिखर फर्निचरको प्र.नं.१ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर ठक्कर दिएको उदयपुर प्रहरीले जनाएको छ । 

ठक्करबाट बहिनी देवकुमारीको घटनास्थलमै मृत्यु भएको थियो भने दिदी अनुकुमारीको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको हो ।

घटनास्थलबाट शव उठाउने प्रक्रिया सुरु गर्न लागेको प्रहरी उपरीक्षक दोङले बताउनुभयो ।

बोलेरो गाडी चालक त्रियुगा नगरपालिका–९ गैरुन बस्ने वर्ष १८ का निर्जल कटुवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button