तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको विकल्प अरू केही हुन सक्दैन : गृहमन्त्री लेखक

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरू केही हुन नसक्ने बताउनुभएको छ । 

डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो । जनताको स्वतन्त्रताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउनुभयो ।

“देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको कुरा गर्दै छन्, लोकतान्त्रिक व्यवस्थामा अब राजतन्त्रमा फर्किने सम्भावना छैन । निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडि होइन अगाडी बढ्ने हो”, उहाँले भन्नुभयो । 

गृहमन्त्री लेखकले समाजमा क्रान्तिकारी परिवर्तनका लागि साहित्यको योगदान आवश्यक रहेको बताउनुभयो । “संसारमा आजसम्मको प्रगति क्रान्ति र परिवर्तनमा साहित्यको ठूलो योगदान छ”, उहाँले भन्नुभयो । समाज र विज्ञान कहिल्यै पछाडि नफर्किने उहाँको भनाइ थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button