तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कोहलपुर गोल्डकप : अफ्रिकन घाना फुटबल क्लबलाई हराउँदै काँक्रे विहार विजयी

बाँके। मुख्यमन्त्री कोहलपुर गोल्डकपको क्वाटर फाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलको खेल भने बुधबारदेखि सुरु हुनेछ । 

क्वाटर फाइनलका अन्तिम खेल भने मङ्गलवार अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लबले खेलेका थिए । अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै  काँक्रेविहार सेमिफाइनल प्रवेश गरेको छ । 

पहिलो हाफको खेल  निकै प्रतिस्पर्धात्मक थियो । दोस्रो हाफको  ५१औँ मिनेटमा काँक्रेविहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए । खेलको ५७औँ मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले  बराबरी गोल फर्काए । यस्तै खेलको ७९औँ मिनेटमा घानाका जर्सी नं ८ का अकेन्टो ओपेमी पवेले गाले गरी खेल २–१ मा पुर्‍याए । 

खेलको अन्तिम समयमा काँक्रेविहार फुटबल क्लब सुर्खेतका जर्सी नम्बर ५ का गणेश पुलामीले ८४औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुर्‍याएका थिए । निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुट आउटमा घानालाई ५–४ ले पछि पार्दै काँक्रेविहार सुर्खेतले जित निकालेको हो ।

यसअघि प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ,कोहलपुर रेसिङ साहारा फुटबल क्लब, बाँके र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् । समूह ‘क’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब,बाँके र प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ, समूह ‘ख’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल र अफ्रिकन घाना फुटबल क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

समूह ‘क’ बाट लुम्बिनी फुटबल क्लब घोराही, दाङ र राईनो फुटबल क्लब, गण्डकी, समूह ‘ख’ बाट भारतको साहारा फुटबल क्लब,लखनउ र काँक्रेविहार फुटबल क्लब गोल्डकपबाट बारिएका छन् । यसअघि पहिलो क्वाटर फाइनल खेलमा कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही,दाङ पराजित भएको थियो । दोस्रो क्वाटर फाइनल खेलमा आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुट आउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब,लखनउलाई पराजित गरेको थियो । 

सोमबार भएको तेस्रो क्वाटर फाइनलमा प्लानिङ व्वाईज युनाइटेड क्लब, काठमाडौँले २–० गोल अन्तरले राईनो फुटबल क्लब,गण्डकीलाई पराजित गरेको थियो । 

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button