तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएकाहरूलाई रामग्राम नगरद्वारा ४० थान ह्विल चेयर हस्तान्तरण 

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री वितरण गरेको छ । उनीहरूको सहजताका लागि ह्वील चियर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले रामग्राम क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई मध्यनजर गर्दे ४० थान ह्वील चेयर वितरण गरेको हो । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले यसअघि जाडो याममा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरिएको बताउँदै अहिले ह्वील चियर प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले समान दृष्टिकोणले हेर्नुपर्ने बताउँदै नगरपालिकाले उनीहरूको सहज जीवनयापनका लागी सहयोग गरेको बताउनुभयो ।

सो क्रममा नगर उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवर लगायतले अपाङ्गता भएका व्यक्तिहरूलाई नगरपालिकाले विगत देखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दे आएको बताउनुभयो । 

ह्वील चेयरको अभावमा हिँडडुल गर्न नपाएका अपाङ्गता भएका व्यक्तिहरूले ह्वील चेयर पाएपछि खुसि व्यक्त गर्दै सीपमूलक कार्यक्रम पनि ल्याउनुपर्नेमा जोड दिएका छन् । ५ लाख बराबरको ह्विल चियर वितरण गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button