तपाईँ सुन्दै हुनुहुन्छः

रमजानको तयारी पुरा, रोजा भोलिदेखि सुरु हुँदै

बाँके । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार व्रत बस्ने र रमजानको सम्पूर्ण तयारी पुरा भएको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष हाजी अब्दुल रहमान मियाँले बताउनुभयो ।

उर्दू क्यालेन्डरअनुसार हिजरी संवतको रमजान महिना नवौँ महिनामा पर्दछ । रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको धार्मिक मान्यता रहँदै आएको छ । रमजानको महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने इस्लाम धर्मावलम्बीहरूमा विश्वास रहेको छ ।

रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेन्डरअनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज (मगरिब)को आजान सुनेर रोजा खोल्ने (व्रत तोड्ने) चलन छ ।

निराहार अर्थात् पानी समेत ननिली बस्नुलाई इस्लाम धर्ममा रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।

दान दिनु गरिब र दीन दुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो । रमजान सुरु हुने दिनको अघिल्लो साँझ मुसलमानहरूले चन्द्रमा हेरेपछि रमजानको प्रारम्भ हुन्छ ।

शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । तरावी नमाजको जामा मस्जिद लगायत मस्जिदमा विशेष व्यवस्था गरिएको छ भने सुरक्षाको उचित व्यवस्था मिलाइएको मुफ्ति जाफर रजाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button