तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन नेपालको समृद्धिको आधार हो : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधारका रूपमा रहेको बताउनुभएको छ । 

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आज आयोजित ११ औँ तारेभीर महोत्सव उद्घाटन समारोहमा उहाँले नेपाल बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा रहेकाले विदेशी मुद्रा आर्जनका लागि यो क्षेत्र उपयोगी रहेको बताउनुभयो ।

मौलिक पर्यटकीय गन्तव्यसम्म सडक एवं पूर्वाधारको विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने भएकाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

यस अवसरमा स्थानीयका तर्फबाट तारेभीर चक्रपथको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो । चक्रपथ निर्माण भएमा काठमाडौँमा रहेका दर्जनौँ ग्रामीण बस्तीको जनजीवन सहज हुनुका साथै आर्थिक गतिविधिसमेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले बताउनुभयो । 

कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक झाँकीका साथै स्थानीय उत्पादन, परम्परागत सामग्रीको प्रदर्शनसमेत गरिएको थियो । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष तारेभीर महोत्सव आयोजना हुँदै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button