तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबिच भेटवार्ता

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच भेटवार्ता भएको छ ।

सरकारको गतिविधि र काम कारवाहीको विषयमा नियमित जानकारी गराउनका लागि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङको निवास पुगेर भेटवार्ता गर्नुभएको हो । उहाँहरुबीच लगानी सम्मेलन, चिया सम्मेलन र पर्यटन वर्ष २०८२ का विषयमा कुराकानी भएको छ ।

प्रदेश सरकारको विकास निर्माणका गतिविधि, सरकारले गरिरहेको काम र सुशासनका विषयमा पनि छलफल भएको थियो । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई आगामी प्रदेश सभाको अधिवेशन र अधिवेशनको तयारीको विषयमा समेत जानकारी गराउनुभयो । प्रदेशको विकास निर्माण, बजेट खर्चको अवस्था लगायतको विषयमा चासो राख्दै प्रदेश प्रमुख खापुङ जानकारी लिनु भएको थियो ।

प्रदेश सरकारले वैशाखमा लगानी सम्मेलन, जेठमा चिया सम्मेलन र २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने गरी तयारी गरिरहेको छ ।

प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुखलाई सरकारका गतिविधि र समसामयिक विषयमा मुख्यमन्त्रीले जानकारी गराउने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button