तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व मेयर सिंहको निधनमा कंग्रेसले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ। नेपाली काँग्रेस पूर्व केन्द्रिय सदस्य तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पि एल सिंहको निधनमा पार्टीले आज र भोली पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यसैगरी पार्टीले भोली मङ्गलवार केन्द्र प्रदेश र जिल्लाको पार्टी कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्लामा शोक पुस्तिका राख्ने र तेह्रौँ दिनका दिन सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने पार्टीको केन्द्रिय समितिले निर्णय गरेको छ ।

यसैगरी स्वर्गीय सिंहको पार्थिव शरीर आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने पनि पार्टी सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button