तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची आयोजनाको स्वेतपत्र : असारमसान्त भित्रमा काठमाडौं उपत्यकामा खानेपानी ल्याउने तयारी

काठमाडौँ । सरकारले आगामी असारमसान्त भित्रमा काठमाडौं उपत्यकामा खानेपानी ल्याउने गरी कार्य भइरहेको जनाएको छ ।

आज काठमाडौंमा मेलम्ची खानेपानी आयोजना स्वेत पत्र जारी गर्दै खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले आम उपत्यकाबासीको प्रतिक्षा रहेको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

मेलम्ची खानेपानी विकास समितिले तयार गरेको स्वेत पत्रमा मलेम्ची खानेपानी आयोजनाको लगभग ९५ प्रतिशत काम भइसकेको उल्लेख गरिएको छ ।

कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले आयोजनाको हालसम्म भएको कार्यको विवरण प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button