तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाले किनेको तीन अर्ब बढीको कार्गो जहाज शनिबार काठमाडौं आइपुग्ने

काठमाडौं। नेपाली सेनाले तीन अर्ब बढी खर्च गरेर खरिद गरेको कार्गो जहाज शनिबार काठमाडौं आउँने बताइएको छ । नेपाली सेनाले २०१७ मा खरिद सम्झौता गरेर इन्डोनेसियामा निर्माण गरिएको सैन्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान नेपाली सेनालाई बुधबार हस्तान्तरण गरिएको हो । बुधबार नै उक्त जहाज नेपालका लागि उडेको र शनिबार दिउँसोसम्म काठमाडौंमा अवतरण गर्ने जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सैनिक प्रवक्ता पाण्डेका अनुसार उक्त विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले बनाएको हो । उक्त जहाजको मूल्य करिब साढे तीन अर्बको हाराहारीमा रहेको छ । विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । सैनिक प्रवक्ता सहायक रथी पाण्डेले यो जहाज सबै प्रयोजनका लागि उपयोगी हुने बताए । खासगरी विपद्‍का बेलका आपतकालीन उद्धार र राहतका क्रममा यो जहाज प्रयोग हुनेछ । यसले आपतकालीन उद्धार र राहतको कामलाई सहज र प्रभावकारी बनाउने प्रवक्ता पाण्डे बताए । यो प्याराजम्पका लागि पनि यो जहाज प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button