चिकित्सा विज्ञान स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तह एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने प्रवेश परीक्षा सञ्चालन गर्न शुक्रबार न्याम्सलाई निर्देशन दिएपछि परीक्षा स्थगित गरिएको हो । पूर्व सूचनाअनुसार आज (शनिबार) परीक्षा सञ्चालन हुँदै थियो ।
न्याम्सका डिन प्रा. डा. पियूष दाहालले मन्त्रालयको निर्देशनअनुसार प्रवेश परीक्षा स्थगित भएको जानकारी दिनुभयो । न्याम्सलाई नयाँ शैक्षिक सत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी/एमएस/एमडिमएस १ सय १५ र डिएम/एमसीएचतर्फ २१ सिट संख्यामा अध्यापन गराउन स्वीकृति दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्