प्रदेश १ मा ८ सय १३ जनामा कोरोना संक्रमण पुष्टि
सुनसरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
१ हजार २ सय४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय १७ जनामा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय २७, मोरङमा १सय १८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६–६, सङ्खुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
झापाको दमकमा ३१, बिर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२/१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्ध शान्तिमा ७/७, भद्रपुरमा ५, हल्दिबारी र कमल गाउँपालिकामा ३–३, बार्हदशीमा १, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३९, उर्लाबारीमा ९, लेटाङ र केराबारीमा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३–३, कानेपोखरी र बेलबारीमा २–२, रङेली र बुढीगंगामा १–१, सुनसरीको इटहरीमा ४६, धरानमा २९, रामधुनीमा ५, दुहबी र इनरुवामा ३–३, हरिनगर, वराहक्षेत्र, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका १÷१, पाँचथरको फिदिममा ९, याङवरक १, इलामको फोकफोकथुममा ३, सूर्योदय, सन्दकपुर र चुलाचुलीमा १÷१, धनकुटाको धनकुटा नगरपालिकामा ६, उदयपुरको बेलकामा २, उदयपुरगढी, त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५सय १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २ सय ४६ महिला र २ सय ७० पुरुष रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्