कांग्रेस सभापति थापाद्वारा छठको पूजा
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाहीको धनकौल गाउँपालिकामा छठ पर्वको अवसरमा छठको ढाकी बोकेर छठ घाट पुग्नुभएको छ।

छठ पर्व मनाउन सर्लाही आउनुभएका थापाले परम्परागत रूपमा छठको ढाकी बोकेर घाट पुग्दै पूजाआजा समेत गर्नुभयो । छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई आत्मसात् गर्दै उहाँले स्थानीयसँगै छठ पर्वमा सहभागिता जनाउनुभएको थियो।
यसैगरी, थापाले सर्लाहीका विभिन्न स्थानमा रहेका छठ घाटहरूको भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले छठ पर्व मनाउन घाटमा भेला भएका स्थानीय नागरिकसँग भेटघाट तथा कुराकानी गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुन्नुभएको थियो।








प्रतिक्रिया राख्नुहोस्