तपाईँ सुन्दै हुनुहुन्छः

मुन्धुमका विशिष्ट शब्द समेटिएको शब्दकोश सार्वजनिक

ललितपुर । याक्थुङ (लिम्बू) जातिको धार्मिक तथा सांस्कृतिक ग्रन्थ मुन्धुममा प्रयोग हुने विशिष्ट शब्द समेटिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ ।

डिबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङद्वारा सङ्कलित तथा लिखित उक्त शब्दकोश मुन्धुम एकेडेमीले प्रकाशन गरेको हो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले आज ललितपुरमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्नुभयो ।

लिम्बू, नेपाली र अङ्ग्रेजी भाषामा तयार गरिएको ४२० पृष्ठको शब्दकोशमा एक हजार ५०० भन्दा बढी शब्द समेटिएका छन् । पुस्तकमा सिरिजङ्गा, देवनागरी र रोमन लिपि प्रयोग गरिएको लेखक विष्णुदत्त आङ्बुहाङले जानकारी दिनुभयो ।

मुन्धुम वाचन तथा कर्मकाण्डीय परम्परामा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ र सन्दर्भ स्पष्ट पार्न शब्दकोश तयार गरिएको लेखक द्वयले बताएका छन् । याक्थुङ भाषा, साहित्य र मौलिक ज्ञान प्रणालीको अध्ययन तथा संरक्षणमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पुस्तकको मूल्य रु दुई हजार रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button