खेलकुद र पर्यटनलाई जोड्दै जिरीमा तीन दिने फुटबल प्रतियोगिता

दोलखा । दोलखाको पर्यटकीय सहर जिरीमा फाईभ– ए साईड फुटबल टुर्नामेन्ट– २०८३ सुरु भएको छ ।
निर्माण व्यवसायी संघ जिरी र एक्सप्र्लोर नेपाल नेटवर्कको आयोजना तथा जिरी नगरपालिकाको सह– आयोजनामा भएको खेल तीनदिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
फाईभ– ए साईड फुटबल टुर्नामेन्ट– २०८३ मा खुला, महिला तथा ४० बर्ष माथिका भेट्रान विधाका गरी ४० टिमको सहभागिता रहेको छ । टुर्नामेन्टको उद्घाटन जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलले गर्नुभएकाे थियो ।
सगरमाथाको प्रवेशद्वारको रुपमा परिचित जिरी सफा हरियाली नगरको रुपमा समेत परिचित छ । खेलकुदको माध्यमबाट समेत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले टुर्नामेन्ट आयोजना गरिएको युवा सञ्जाल जिरीका कोषाध्यक्ष ईश्वर कार्कीले बताउनुभयो । जिरी प्राकृतिक सुन्दरता र हरियाली वातावरणको लागि विश्वभर परिचित रहेको र यसलाई खेलकुदसँग समेत जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले टुर्नामेन्ट आयोजना गरिएको खेल तथा पर्यटन प्रवर्धनमा सक्रिय सफल युवा व्यवसायी लिलाराम खड्काले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्