तपाईँ सुन्दै हुनुहुन्छः

सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य भने रु २६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु तीन हजार ९२० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button