मुगुमा भिरबाट खसेर २६ वर्षीय युवकको मृत्यु
मुगु । मुगुको खत्याड गाउँपालिका–८ नुवाखेत नजिकैको बाघमारे भिरबाट खसेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–५ निवासी २६ वर्षीय रनसुर विक रहेका छन्। उनी बाघमारे भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
प्रहरीका अनुसार विक २०८३ कात्तिक ८ गते भलिबल खेल्न मुगुको खत्याड गाउँपालिका–रातापानी आएका थिए। कात्तिक ९ गते रातापानीबाट आफ्नो घरतर्फ फर्किएको आफन्तले बताएका छन्।
कात्तिक १३ गते दिउँसो मृतकका जेठान मनबहादुर लुहारले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्