तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँबाट हराएका आमा– छोराको शव दोलखामा भेटियो

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ स्थित भागे खोला– तामाकोशी नदी किनारामा मङ्गलवार बिहान रुखको जरामा अड्किएको अवस्थामा भेटिएको आमा– छोराको शव भेटिएको छ ।

गत असोज २३ गते काठमाडौँबाट हराई रहेको मेलुङ गाउँपालिकाका करिब ३० वर्षीय आस्मा बस्नेत खड्का र उनको छोरा करिब १० वर्षीय आदित्य खड्काको भएको प्रहरीले जनाएको छ ।

विदेशबाट आएका श्रीमानसँग काठमाडौँको गौशाला स्थित एक होटलमा बसेकी आस्मा गत असोज २३ गते होटेलबाटै बेपत्ता भएकी थिइन ।

पोर्चुगलमा रहेका उनको श्रीमान् दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर– १ पवटीका दिनेश खड्का तीन वर्षपछि गत असोज २१ गते बेलुका नेपाल आएका थिए । आस्मा विगत एक वर्षदेखि काठमाडौँमै कोठा लिएर छोरा पढाएर बसेकी थिइन । असोज २१ गते दिनेश र आस्मासंगै कोठामा बसे पनि २२ गते उनी कोठामा नबस्ने भन्दै निस्किएपछि उनीहरू गौशालाको एउटा होटलमा बसेको पारिवारिक स्रोतले जनाएको छ ।

होटलमा रहेकै बेला असोज २३ गते बिहान आस्मा पानी लिएर आउँछु भन्दै छोरा सहित तल झरेपछि बेपत्ता भएकी हुन् । 

मङ्गलवार बिहान तामाकोशी नदी किनारमा भेटिएको शवको प्रकृति काठमाडौँबाट हराएकी आस्मासंग मिलेपछि प्रहरी र स्थानीय समेतले पवटीमा रहेका उनको परिवारका सदस्यलाई खबर गरेको र उनको परिवारका सदस्य तथा छिमेकीहरूले शवको पहिचान गरी आस्माकै भएको एकिन गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले बताए । 

काठमाडौँबाट बेपत्ता आस्मालाई उनको श्रीमान् र आफन्तहरुले काठमाडौँकै विभिन्न ठाउँमा खोजी गरिरहेका थिए । तामाकोशी नदी किनारमा भेटिएको शव आस्माकै रहेको पुष्टि भएपछि श्रीमान् दिनेश खड्का लगायत नातेदारहरू दोलखा आएको प्रहरीले जनाएको छ । 

मृतक आस्माको बुबा दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ का रुद्र बहादुर बस्नेतले छोरी बेपत्ता भएपछि काठमाडौँको महिला सेलमा निवेदन दिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button