कराँते रेफ्री सेमिनार–२०८३ सम्पन्न
काठमाडौँ । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते सङ्घले सोमवार काठमाडौँमा दशौं राष्ट्रिय क्योकुशिन–सेईसिन(फुलकन्ट्याक्ट) कराँते रेफ्री सेमिनार–२०८३ सम्पन्न गरेको छ । सो अवसरमा दशैको शुभकामना आदान– प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका ४५ जना प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत फुलकन्ट्याक्ट कराँतेका चिफकोच कुमार श्रेष्ठ र पूर्व चिफकोच तथा नेपाल फुलकन्ट्याक्ट कराँते महासङ्घका महासचिव शिहान प्रेम नाथ श्रेष्ठले राष्ट्रिय रेफ्री तालिम दिएका थिए । कार्यक्रममा उनीहरू लाई रेफ्री झण्डा तथा सिटी हस्तान्तरण समेत गरिएको थियो ।
कार्यक्रममा हालसम्मकै उच्च उचाइमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सञ्चालन गरेकोमा वर्ल्ड बुक अफ रिकर्डस, बेलायत (world book of records, UK) द्वारा वर्ल्ड रेकर्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेकोमा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका केन्द्रीय अध्यक्ष एवम् ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका केन्द्रीय अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर– ९ का जनप्रतिनिधि सृजना भेटवाल, वडा सदस्य रचना सुनाम, कार्यक्रम संयोजक तथा सिनामंगल डोजोका प्रमुख प्रशिक्षक राजकृष्ण श्रेष्ठ, संघका सल्लाहकार तथा समाजसेवी निरोज कर्माचार्य र प्रवीण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्