तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा ट्र्याक्टर दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

लु ४ त ९७१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार दुई जनामध्ये सहचालक पाल्पा छहराका २२ वर्षका गणेश राजकोटी मगरको  घटनास्थलमै मृत्यु भएको र चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ का पुन्यप्रसाद थारु  घाइते भएको उद्धारमा खटिएका स्थानीयले बताएका छन्। 

रोलर बोकेर आएको ट्र्याक्टर ओरालो सडकमा ब्रेक फेल भई दुर्घटना भएको बल्कोट प्रहरी इन्चार्ज दिवस दाहालले जानकारी दिनुभएको छ। दुर्घटनामा घाइते भएका चालकको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक  उपचार पछि थप उपचार  जिल्ला अस्पताल अर्घाखाँचीमा भइरहेको छ।

दुर्घटनाका क्रममा लु ७२ प २०६३ नम्बरको मोटरसाइकलसमेत क्षतिग्रस्त भएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button