काँग्रेस महाधिवेशन: आज तेस्रो दिन बन्द सत्र जारी
राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ताको चटारो, खुलामञ्चमा चहलपहल पातलो
काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी रहेको छ। हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ ।

हिजो महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो । त्यही अनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ । अहिले निर्वाचनको लागि राष्ट्रिय सभा गृहमा उम्मेदवारी दर्ता कार्यक्रम चलिरहँदा खुलामञ्चमा बन्द सत्र भइरहेको छ ।
तीन वटा हलमा आ–आफ्नो क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदन पेश भएको भएपनि सबैको आकर्षण निर्वाचनतर्फ भएकाले खुलामञ्चमा चहलपहल कम देखिएको छ ।
महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले सुरुवातमा छुट्टाछुट्टै सुरु भए पनि महाधिवेशन प्रतिनिधि कम उपस्थित भएमा एउटै हलमा समेटेर छलफल चलाइ पारित गर्ने योजना बनाइएको बताउनुभयो ।
संयोजक आचार्यले सभापति गगन थापाले पेश गरेको प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदनमाथि छलफल भएपछि पारित हुने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्