तपाईँ सुन्दै हुनुहुन्छः

नापतौल विभागद्वारा खाने तेलको गुणस्तर मापदण्ड तर्जुमाको काम अघि बढाइयो

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले खाने तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्ड तर्जुमाको काम अघि बढाएको छ । 

विभागले तोरी, भटमास र सूर्यमुखी लगायतका तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको मस्यौदा तयार गरेको जनाएको छ । 

प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दाबी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन र बिक्रीमा प्रयोग हुने भाँडा सम्बन्धमा  नयाँ व्यवस्था प्रस्ताव समेत गरिएको छ । 

तोरी र सूर्यमुखी तेललाई खान मिल्ने र नमिल्ने गरी दुई श्रेणीमा स्पष्ट वर्गीकरण गरेको उल्लेख हुनुपर्ने व्यवस्था मसौदामा प्रस्ताव गरिएको छ । सूर्यमुखी तेललाई पनि दुई प्रकारमा वर्गीकरण गर्नु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विभागका सूचना अधिकारी पारसमणि यादवले खाने तेलका प्याकेटको लेबलमा उपभोक्तालाई भ्रममा पार्न सक्ने विज्ञापन गर्ने तर व्यवहारमा त्यस्तो नहुने भएपछि त्यसलाई रोक्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button