तपाईँ सुन्दै हुनुहुन्छः

बाढी तथा पहिरोका कारण बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि अवरुद्ध भएको छ । 

कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक ठप्प भएको हो । 

यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले जानकारी दिनुभयो । 

दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको बताउँदै उपरीक्षक प्रसाईँले पानी निरन्तर परिरहेकाले पहिरो खुलाउन नसकिएको र सकभर यात्रा नगर्न आग्रह गरिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button