२०औँ एसियाली खेलकुद : ब्याटमिन्टन पुरुष एकलतर्फ नेपाल इरानसँग पराजित
काठमाडौँ । नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष एकलतर्फ अन्तिम–३२ बाट बाहिरिएका छन् ।
चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा आज भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २–० ले पराजित भए । उनले १४–२१ र ९–२१ को नतिजा व्यहोरे ।
क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई २–० ले हराएका थिए । एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाडीको यो एकमात्र जित रह्यो । महिला एकलमा रशिला महर्जन र रिहाना महर्जन पहिलो चरणबाटै बाहिरिए । रशिला चीनकी वाङ झी यी तथा रिहाना श्रीलङ्काकी रणिथ्मा थिनुडी वेहेनागेसँग पराजित भए ।
मिक्स्ड डबल्समा क्षितिज–रिहाना तथा प्रफुल महर्जन–रशिलाको जोडी पनि पहिलो चरणमै रोकिएको थियो । पुरुष डबल्समा क्षितिज–प्रफुल तथा महिला डबल्समा रशिला–रिहानाको जोडीले पनि पहिलो चरण पार गर्न सकेनन् ।
पुरुष एकलमा प्रफुल श्रीङ्काका डुमिन्डु अबेविक्रमसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्