नेपाल र अफगानिस्तान भिड्दै: टस जितेर अफगानिस्तानको ब्याटिङ, नेपाल फिल्डिङमा
काठमाडौँ । जापानमा जारी एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ।

जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भइरहेको यस खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ। अफगानिस्तानका कप्तान डार्विश रसुलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। पहिलो जितको खोजीमा मैदान उत्रिन लागेको नेपाली टोली दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको छ भने अफगानिस्तानले टोलीमा केही युवा र नयाँ खेलाडीहरूलाई मौका दिएको छ।

नेपालले आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्य राखेको छ।







प्रतिक्रिया राख्नुहोस्