तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मधेशका विद्यालयहरूमा विद्यार्थी संख्या बढी र शिक्षक दरबन्दी कम हुँदा  शिक्षाको गुणस्तरमा असर परेको भन्दै तराई मधेशका विद्यालयहरूमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले गरिमा चौधरी बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई  कारबाही गर्नुको सट्टा उन्मुक्ति दिएको, महिलाहरूले अझै सडकमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको र  खाना पकाउने ग्याँसमा कालो बजारी भएको भन्दै अपराधका घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

उहाँहरूले सरकारभन्दा माफिया ठूलो भएर जनताले कालो बजारी भोग्नुपरेको भन्दै सांसदहरुले मन्त्री फेर्दैमा कालो बजारी अन्त्य नहुने बताउनुभयो । 

सरकारले सार्वजनिक खरिद प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन प्रयोग हुँदै आएको अनलाइन प्रणाली ह्याक भएको कारण देखाउँदै बन्द गरेको भन्दै सांसदहरुले  २०७० सालदेखि सञ्चालन हुँदै आएको इजिपी  प्रणाली तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button