भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न राष्ट्रपति पौडेल नुवाकोट आउनुहुँदै
नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेल भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोट आउँदै हुनुहुन्छ ।
राष्ट्रपति पौडेल विदुरस्थित मैथिली ब्यारेकमा हेलिकप्टरबाट ओर्लिएपछि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिनुहुनेछ ।
त्यसपछि उहाँ नजिकै रहेको होल्डिङ सेन्टरमा पुगेर आश्रय लिइरहेका बाढीपीडितसँग भेटघाट गरी उनीहरूको अवस्था बुझ्नुका साथै सान्त्वना दिनुहुने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा आवश्यक राहत, पुनर्स्थापना र व्यवस्थापनका विषयमा समेत जानकारी लिनुहुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्