ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो । पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् ।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबै गरी करिब १०० वटामा क्षति पुगेको थियो ।







प्रतिक्रिया राख्नुहोस्