भोटेकोशी बाढीको ११ औँ दिनमा बेत्रावती बजारबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार
नुवाकोट । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ।

नुवाकोट बिदुर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर सुमन विकको कमान्ड टोलीले उद्धार गरेको हो। श्रेष्ठ अचेत अवस्थामा भेटिनुभएको थियो । उद्धारपछि उहाँलाई हेलिकप्टर मार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिलक ब्यारेक ल्याइँदै छ।
प्रारम्भिक उपचार गरी आवश्यकता अनुसार थप उपचारका लागि उहाँलाई मैथिल ब्यारेकबाट काठमाडौँ लगिनेछ।








प्रतिक्रिया राख्नुहोस्