तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही भदौ २० गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यही भदौ २० गते शनिबार पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा रसुवाको भोटेकोशीमा गएको भीषण बाढी र त्यसले निम्त्याएको विपद्को अवस्थाबारे छलफल हुनुका साथै पार्टीको आगामी १५औँ महाधिवेशनको तयारी, कार्यतालिका र साङ्गठनिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव दुलालले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button