तपाईँ सुन्दै हुनुहुन्छः

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ I स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । 

सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य  रु १८५ ले गिरावट आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र  चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button