त्रिशूली नदीमा बाढीको सतह घट्दै, जोखिम भने कायमै
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आज बिहान बाढीको सतह पुनः बढेको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बिहान ५ः१५ बजेदेखि बढेको बाढीको सतह ६ बजेदेखि भने क्रमशः घटिरहेको छ।
उहाँका अनुसार अहिलेको बाढीको बहाव गत बुधबार आएको बाढीसहरहै रहे पनि हालसम्म थप क्षति भएको छैन।
चीनतर्फ हिमताल फुटेर बाढी आउन सक्ने सूचना प्राप्त भएपछि त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभएको छ।
बाढीको सतह घट्दै गए पनि जोखिम कायमै रहेकाले त्रिशूली नदी आसपासका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्