तपाईँ सुन्दै हुनुहुन्छः

धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा

काठमाडौँ । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ।

परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेस्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको हो। योसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ।

गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेसी जाने त्रिशूलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button