रौतहटमा कृषि फार्ममा आगलागी हुँदा सात पशु जलेर मरे
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ मा रहेको आचार्य कृषि फार्ममा शनिबार बिहान आगलागी हुँदा सात वटा पशु जलेर मरेका छन्।
आगलागीमा चार वटा गाई, दुई वटा बाच्छा र एउटा भैँसी जलेर मरेको फार्म सञ्चालक नरराज आचार्यले जानकारी दिनुभयो। आगलागीका क्रममा दुई वटा गाई र एउटा खसीलाई भने उद्धार गरिएको उहाँले बताउनुभयो।
आगलागीबाट फार्ममा रहेका पशु तथा अन्य सामग्रीमा क्षति पुगेको छ। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। सञ्चालक आचार्यले घटना शंकास्पद देखिएको भन्दै निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ।
स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान गर्नुका साथै आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्