सहकारी र भूमि पिडित सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल
डडेल्धुरा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी र भूमि समस्याबाट पीडितहरूलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा मङ्गलवार आयोजना गरिएको सहकारी पिडित र भूमिहीनका समस्या समाधानका लागी सरकारले पहलकदमी लिइरहेको मन्त्री रावलले जानकारी गराउनुभयो ।
शिव शिखर सहकारी पिडित सर्घष समितिका संयोजक मानबहादुर साउँदले बचतकर्ताहरूको बचत रकम फिर्ता हुन नसक्दा सहकारी प्रतिको विश्वास घटेको भन्दै सरकारले सहकारी पीडितको रकम फिर्ता गराउन पहलकदमी लिनुपर्ने बताउनुभयो ।
‘सरकारको उच्च प्राथमिकतामा सहकारी र भूमिहीनहरू परेका छन्, नआत्तिनु होला । सरकारले सहकारी सञ्चालकहरूको खाता रोक्कादेखि सम्पत्तिको खोजबिन गरिरहेको छ । साना बचतकर्ताको रकम फिर्ता गर्दै आए पनि अब सबै बचतकर्ताहरूको रकम फिर्ता गर्नका लागि पहल भइरहेको छ ।’ मन्त्री रावलले भन्नुभयो ।
मन्त्री रावललाई उद्योग वाणिज्य संघ डडेल्धुरा, निर्माण व्यवसायी संघ डडेल्धुरा, नागरिक समाज डडेल्धुरा, भूमिहीन पिडित सङ्घर्ष समिति र क्रिकेट संघ डडेल्धुरा लगायतका अगुवाहरूले ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री रावलले समस्या समाधानका लागी पहलकदमी लिने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्