तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाबाट एक वर्षमा ९ हजार ६ सय ६३ जनाले लिए श्रम स्वीकृति

रोल्पा । रोल्पाबाट आर्थिक वर्ष २०८२/०८३ मा वैदेशिक रोजगारीका लागि ९ हजार ६ सय ६३ जनाले श्रम स्वीकृति लिएको आप्रवासी श्रोत केन्द्र रोल्पाले जनाएको छ । श्रम स्वीकृति लिनेमा ८ हजार ९ सय ९६ जना पुरुष र ६ सय ६७ जना महिला रहेका छन् ।

सबैभन्दा धेरै रोल्पा नगरपालिकाबाट २ हजार ६ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि लुङ्ग्री गाउँपालिकाबाट १ हजार ३ सय ११ जना, माडीबाट १ हजार ९६ जना, रुन्टीगढीबाट १ हजार ९४ जना, परिवर्तनबाट ६५४जना, त्रिवेणीबाट ६७५ जना, सुनछहरीबाट ६६४ जना, सुनिल स्मृतिबाट ५२५ जना, थबाङबाट ४४६ जना र गङ्गादेव गाउँपालिकाबाट २७७ जनाले श्रम स्वीकृति लिएका हुन ।

तथ्याङ्कले रोल्पाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको देखाएको छ विशेष गरी जिल्लामा रोजगारीका पर्याप्त अवसर नहुँदा युवाहरू रोजगारीको लागि खाडी मुलुक लगायत युरोप अमेरिकासम्म जाने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button