कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । गएको १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शाहीले विश्वासको मत प्राप्त गर्नुभयो । बैठकमा ४० मध्ये सभामुखबाहेक ३६ सांसदले मतदान गर्नु भएको थियो ।
त्यसमा मुख्यमन्त्री शाहीको पक्षमा २१ र विपक्षमा १३ जना सांसदले मतदान गर्नुभयो । दुई जना तटस्थ बस्नुका साथै तीन जना बैठकमा उपस्थित हुनुभएको थिएन । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ ।







प्रतिक्रिया राख्नुहोस्