रोल्पाको लुङ्ग्रीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु

रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ ।
गएराति परेको अविरल वर्षाका कारण आज बिहान करिब ३ बजे घरमाथिबाट पहिरो खसेर गुरुङको घर पुरिएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोले घर पुरिएपछि प्रहरी र स्थानीयवासीले उद्धार गर्ने क्रममा गुरुङलाई घरभित्र च्यापिएको अवस्थामा फेला पारेका थिए ।
उद्धार गरी बाहिर निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्