तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो 

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परी अझै एक बालक बेपत्ता छन् भने दुई जना घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो पटक बेपत्ता व्यक्तिमध्ये एक जनाको शव फेला परेको छ  आज प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा शव फेला परेको हो । 

फेला परेको शव रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा निवासी अन्दाजी ८० वर्षीय अजम्बर पुन मगरको रहेको मृतकका भतिजा सुशिल पुनले सनाखत गर्नुभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button