सल्यानमा विभिन्न मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ
सल्यान। जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका १२ का २१ वर्षीय सुभाष केसी, सद्धकुमाख गाउँपालिका–१ का ४२ वर्षीय हिरालाल बुढाथोकी र कुमाख गाउँपालिका–६ का २७ वर्षीय टीकाराम रावत रहेका छन् ।
केसीलाई जिल्ला अदालत सल्यानले चोरी मुद्दामा ४० हजार रुपैयाँ,बुढाथोकीलाई चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना र रावतलाई विभिन्न मुद्दामा अदालतबाट २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि सल्यान जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देव राज भट्टराईले जानकारी दिनु भयो ।
प्रहरीले अदालतबाट फैसला भई सजाय तथा जरिवाना तोकिएका तर फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्